समय : ०५:५५ am | बिहिबार , चैत्र १२ गते २०८२

प्रोग्रेशिभ फाइनान्सको २.०१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | श्रावण १९ गते २०८२

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १ हजार ८६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिसमक्ष आवेदन दिइसक्नु पर्नेछ ।

यससम्बन्धी विस्तृत जानकारी काठमाण्डौ तीनकुनेमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्