समय : ०१:४५ am | मङ्गलबार , पौष ८ गते २०८१

माछापुच्छ्रे बैंकको १०.५६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार २ गते २०८१

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको १० लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आफुले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्