काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । हिजो दोहोरो अंकले करेक्सन भएको बजारमा आज भने नेप्से परिसूचक ३४ दशमलव ४६ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको छ । आज २०९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्रा ग्रिन इनर्जी डिबेञ्चर ५० करोड ५१ लाख रुपैयाँको कारोबार भउको छ । राधि विद्युत कम्पनीको ४३ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ०८ प्रतिशतका दरले कमाएका हुन् । राप्ती हाइड्रो एन्ड जनरलका लगानीकर्ताले ५ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । विन्ध्यावासीनी हाइड्रोका लगानीकर्ताले ५ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । ओम मेगाश्रीका लगानकिर्ताले ५ दशमलव ४३ प्रतिशतका दरले कमाएका हुन् ।
भगवती हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ६४ प्रतिशतका दरले गुमाएका छन् ।