समय : ११:४९ pm | बुधबार , श्रावण १४ गते २०८२

छिमेक लघुवित्तको १.४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार ३० गते २०८२

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको मध्यबोनश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० सय रुपैयाँ तोकिएको छ । निर्धारित मितिसम्म कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्