समय : ०६:४९ pm | बुधबार , श्रावण १४ गते २०८२

नेको इन्स्योरेन्सको ११ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार २७ गते २०८२

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ११ लाख ९ हजार ७६८.११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ । उक्त मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिबmी गरिने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्