समय : ०६:५० pm | बुधबार , श्रावण १४ गते २०८२

आज पनि शेयर बजारमा दोहोरो अंकको बृद्धि

अर्थ विशेष | असार २६ गते २०८२

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ८९ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ । आज १६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५७ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३२ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा बैंकको २६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माई खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव १५ प्रतिशतका दरले कमाएका हुन् । मान्डु हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् । भगवती हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले गुमाएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्