समय : ०६:३१ pm | सोमबार , असार २३ गते २०८२

शेयर बजारमा दोहोरो अंकको गिरावट

अर्थ विशेष | असार २३ गते २०८२

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २२ दशलमव ३५ अंकले घटेर २,६८४ को विन्दुमा कायम भएको छ । आज ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८० करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । गार्डियन माइक्रो लाइफको ४१ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस ऊर्जाको २० करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लागनीकर्ताले ६ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् । भगवती हाइड्रोपावरका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएको छन् ।

आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्