समय : ०८:२८ pm | आइतबार , असार २२ गते २०८२

शेयर बजारमा दोहोरो अंकको बृद्धि

अर्थ विशेष | असार १८ गते २०८२


काठमाडौं । आज पनि शेयर बजार बढेर बन्द भएको छ । आज लगातार चौथो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको हो । आज शेयर बजार नेप्से पसिूचक ३४ दशलमव ६० अंकले बढेर २,६९५ को विन्दुमा कायम भएको छ । आज १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६५ कम्पनीको शेयर मूल्य घटेको छ

आज दिनभरिमा ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस ऊर्जाको ४९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोडको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९९प्रतिशतका दरले कमाएका छन् । नेपाल इनस्योरेन्सका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशमलव ७३ प्रतिशतका दरले गुमाएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्