समय : १०:२९ pm | बुधबार , श्रावण १४ गते २०८२

दोर्दी खोला जलविद्युतले ९३ हजार कित्ता सेयर बिक्रीमा राख्ने

अर्थ विशेष | असार १० गते २०८२

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले ९३ हजार ६२९ कित्ता सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले गत जेठ ११ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरी बिक्रीमा राखिएकोमा आवेदन नपरेको उक्त सेयर असार २४ गतेदेखि पुनः बिक्री गर्न लागेको हो । यो सेयर सर्वसाधारण समूहको लकइनमा नरहेको सेयर हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले सानिमा क्यापिटलको नक्साल कार्यालय, विराटनगर,विर्तामोड, विरगञ्ज,जनकपुर,भरतपुर र हेटौडा शाखा, सानिमा कैंकको पोखरा, बुटवल,घोराही, नेपालगञ्ज,विरेन्द्रनगथर,धनगढी र महेन्द्रनगर शाखा कार्यालय र गरिमा विकास बैंकको बाग्लुङ शाखाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार ३२ गते रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्