समय : ०१:१८ pm | बिहिबार , चैत्र १२ गते २०८२

दोर्दी खोला जलविद्युतको करिब साढे १६ लाख कित्ता शेयर बेच्दै राधी विद्युत कम्पनी

अर्थ विशेष | जेठ २३ गते २०८२

काठमाडौं । राधी विद्युत कम्पनीले दोर्दी खोला जलविद्युत कम्पनीको करिब साढे १६ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ।

राधी विद्युतले दोर्दी खोला जलविद्युतको १६ लाख ४४ हजार ८८८ कित्ता शेयर बिक्री गर्न लागेको हो। यो शेयर राधी विद्युतले दोस्रो बजारमार्फत बिक्री गरिने जनाएको छ।शेयर बिक्रीका सम्बन्धमा विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशन, २०७८ को दफा ११ अन्तर्गत सर्वसाधारणका लागि जानकारी लागि यो सूचना प्रकाशित गरिएको राधी विद्युतले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्