काठमाण्डौ । सिटि होटल लिमिटेडले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले कायम चुक्तापूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.८० अनुपातमा कुल १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग्दै बोर्डमा गत जेठ ११ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
सिटि होटलले हकप्रद सेयर जारी गर्ने









