समय : ११:३९ am | बिहिबार , चैत्र १२ गते २०८२

नेप्सेमा ३५ अंकको गिरावट

अर्थ विशेष | जेठ २० गते २०८२

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात ३५.७३ अंकले घटेर २ हजार ६५८.९३ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५३ प्रतिशतले घटेर ४५३.९२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘बजेटपछि बजार घट्नुमा खासगरि दुई–तीनवटा कारण रहेका छन् । राजावादीहरुको आन्दोलन र बाफियाको विषयका कारण बजारमा अहिले गिरावट देखिएको छ । यद्यपी बजारमा प्यानिक सेल भने छैन । माथिल्लो रेञ्जमा सेयर एक्युमुलेशन भएको पनि हुनसक्छ ।’

उनले केही कारोबारीले छिटोछिटो नाफा बुक गरेको पनि देखिएको र देशको माहोल अस्थिर भएका कारण बजारको माहोल पनि अस्थिर भएको बताए ।

नेपाल सेयरधनी संघका अध्यष घनश्याम पाण्डेले बजेट अघि सेयर बेचेर बसेकाहरुले नियोजित रुपमा बाफियाको विषय ल्याएर बजार घटाएको आरोप लगाए ।

यस्तै उनले बजार घटाएर कित्ता खोस्ने कार्य भईरहेको समेत दाबी गरे । ‘आधारभूत रुपमा कुनैपनि परिवर्तन नभएका कारण लगानीकर्ता हतोत्साहित हुनुपर्ने कुनै कारण छैन,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत सबै समूहमा रातो पोतियो । बैंकिङ समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज २.३४ प्रतिशतले घट्यो ।

विकास बैंक समूह पनि आज १.२९ प्रतिशत, फाइनान्स ०.७४, होटल २.०५, हाईड्रो ०.९७, लगानी १.२८, जीवन बीमा ०.७६, लघुवित्त १.१५, निर्जीवन बीमा ०.६२,अन्य ०.९९ उत्पादन तथा प्रशोधन समूह ०.०१ प्रतिशत र म्युचुअल फण्ड समूह ०.०१ र व्यापार समूह १.५२ प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्