समय : १०:१३ pm | सोमबार , पौष ८ गते २०८१

कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | जेठ २९ गते २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि संस्थापक शेयरधनीहरूका नाममा रहेको ५ लाख ८१ हजार २ सय ५१ कित्ता संस्थापक शेयर लिलामीमार्फत् बिक्रीमा ल्याएको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यो शेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा पुग्ने गरी आवेदन दिन सक्नेछन् । आवेदन पेस गर्ने अन्तिम मिति असार ४ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्