समय : १०:२० pm | सोमबार , पौष ८ गते २०८१

सेयर बजारमा सामान्य वृद्धि

अर्थ विशेष | जेठ २८ गते २०८१

काठमाडौं। साताको पहिलो कारोबारमा आइतबार ओरालो लागेको सेयर बजारमा सोमबार सामान्य वृद्धि देखिएको छ। निरन्तर उतारचढावमा देखिएको सेयर बजारमा गएको सातायता नै उल्लेख्य घटबढ भने हुन सकेको छैन।गएको साता दुई दिन सामान्य वृद्धि र तीन दिन सामान्य घटेको बजार समग्रमा ८.२५ अंकले सुधारतर्फ नै देखिएको थियो। यो साता पहिलो कारोबारमा आइतबार ४.५९ अंकले घटेर बजार २०७३.१९ बिन्दुमा झरेको थियो।

सोमबार ८.९० अंकले बढेर बजार २०८२.०९ बिन्दुमा पुगेको छ। १७६ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ४९ करोडको कारोबार भएको छ। ६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा स्थायी सुधारको आधार स्पष्ट देखिँदैन।
विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर भइरहेको हो। विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्।

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिएको बजारमा केही संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा भने छन्। संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्