समय : ०७:१९ am | बिहिबार , चैत्र १२ गते २०८२

जीवन विकास लघुवित्तको १.३३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | वैशाख २४ गते २०८२

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३३ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
संस्थाले ४ हजार ३० कित्ता, ५९ हजार ६२२ कित्ता र ६९ हजार ६५० कित्ता गरी कुल १ लाख ३३ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनी वा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । ४ हजार ३० कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ र अन्य सेयरको ५३० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम २५० कित्ता सेयरका लाग आवेदन पेश गर्नु पर्नेछ ।

बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्