समय : ०५:३९ am | बिहिबार , चैत्र ११ गते २०८२

लगातार दुईदिन घट्यो नेप्से

अर्थ विशेष | वैशाख १६ गते २०८२

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)ं मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५७ प्रतिशत अर्थात १५.०८ अंकले घटेर २ हजार ६३१.९८ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घटेर ४४३.५४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।आजको बजारबारे बजार जानकार सुवासचन्द्र ढुङ्गाना भन्छन्, ‘अहिलेको बजार साइडवेज नै हो । लगानीकर्ता गभर्नर नियुक्ति र बजेटको प्रतिक्षामा रहेका कारण बजारले अहिले गति लिन नसकेको हो ।’

उनले बजार अझै केही समय साइडवेज नै चल्न सक्ने बताए । यस्तै विभिन्न आन्दोलन समेत भईरहेका कारण लगानीकर्ताको मनोबल बढ्न नसकेको समेत उनले बताए । प्राविधिक रुपमा पनि बजार तलको अवस्थामा २५५० सम्म र बढेको खण्डमा २७ सय विन्दुसम्म साइडवेज चल्ने उनले विश्लेषण गरे ।

अर्का बजार जानकार पर्वत विष्टले सरकारले लगानीकर्ताको विश्वास जित्न नस्क्दा बजार गति लिन नसकेको बताउछन् । खेलाडीले केही निश्चित कम्पनी मात्रै चलाएकाले समग्र बजार उभो लाग्न नसकेको उनले बताए ।

विष्टले पनि बजार अझै केही समय साइडवेज नै चल्ने दाबी गरे ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो। आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो । यो समूह आज ०.०७ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूह आज १.२२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.५३, विकास बैंक ०.६७, होटल ०.६७,हाईड्रो ०.१३,लगानी ०.७२,जीवन बीमा ०.५२,उत्पादन तथा प्रशोधन ०.३७,लघुवित्त ०.६७,निर्जीवन बीमा ०.१३,व्यापार ०.५१ र अन्य समूह ०.७४ प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्