काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ४ लाख बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कुल ४ लाख ६२ हजार ४७१.९३ कित्ता बोनस शेयर थपिएको हो। जसमा मिथिला लघुवित्तको २ लाख ७९ हजार ३०३.९३ कित्ता शेयर र श्री इन्भेस्टमेन्टको १ लाख ८३ हजार १६८ कित्ता शेयर रहेका छन्।यी दुवै कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको छ। अघिल्लो आर्थिक वर्षमा मिथिला लघुवित्तले १४.२५ प्रतिशत र श्री इन्भेस्टमेन्टले १.८७ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।