समय : १०:५१ pm | आइतबार , चैत्र ८ गते २०८२

प्रभु बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

तारा पौडेल | वैशाख ९ गते २०८२

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको कुल ६८ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको बबरमहलमा रहेको बैंकको प्रधान कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्