समय : ०१:०० am | बिहिबार , चैत्र ११ गते २०८२

हकप्रद सेयर निष्कासन गर्दै बुटवल पावर कम्पनी

अर्थ विशेष | चैत्र २५ गते २०८१

काठमाडौं । बुटवल पावर कम्पनीले थप सार्वजनिक निष्कासन (एफपीओ) रोकेर हकप्रद सेयर ल्याउने भएको छ ।

चैत २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आफ्ना विभिन्न आयोजनामा लगानी गर्न प्रतिकित्ता सय रुपैयाँका दरले एक करोड कित्ता एफपीओ निष्कासन गर्ने निर्णय रद्द गरेर हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । त्यसका लागि आगामी साधारण सभामा पेश गर्न विद्युत नियमन आयोगको पूर्वस्वीकृत लिने निर्णय गरेको जनाएको छ ।

हाल कम्पनीका चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्