समय : ०५:१९ pm | सोमबार , पौष ८ गते २०८१

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | जेठ २३ गते २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको १६ हजार ८३० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक शेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक शेयरधनीले शेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनें बैंकले जनाएको छ ।
तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्