काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीरुहको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै केहि संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न निवेदन दिएकाले निजहरुको स्वामित्वमा रहेको शेयर आजदेखि बिक्रीमा राखिएको जनाएको छ ।
बैंकले बिक्रीमा राखिएको शेयर संख्या भने खुलाएको छैन । शेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । बैंकका अनुसार यस्तो आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिईसक्नुपर्नेछ ।
संस्थापक शेयरधनीहरुले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीका लागि तोकिएको फिट एण्ड प्रोपर टेस्टको विवरण,कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश नभएको प्रमाणित हुने कागजात, आयस्रोत खुल्ने कागजातको प्रतिलिपी,पछिल्लो आवको करचुक्ताको प्रमाणपत्र वा कर दाखिला गरेको निस्साको प्रतिलिपी संलग्न गरी बनेपामा रहेको बैंकको कपोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।
निर्धारित समयभित्र शेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।