समय : ०८:५१ pm | बुधबार , चैत्र ११ गते २०८२

लगातार ६ दिन बढ्यो नेप्से

अर्थ विशेष | फागुन १२ गते २०८१

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.३५ अंकले बढेर २ हजार ७५८.७५ विन्दुमा पुगेको छ ।
यो संगै नेप्से लगातार ६ दिन बढेको छ । गत फागुन ४ गतेदेखि बढ्न थालेको बजार आज झिनो अंकले बढेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले बढेर ४५९.२५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर ११ अर्ब ८ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्, ‘अघिल्लो दिनको बजार खेलाडीले टिकाएका थिए र यो क्रम मंगलबारसम्म रहन सक्छ । बजार पछिल्लो समय २७८० विन्दुबाट माथि लाग्न सकिरहेको छैन । यहाँबाट माथि नगए बजारमा केही अंक करेक्सन आउन सक्छ ।’

उनले अब आउने मौद्रिक नीतिको समीक्षाले आगामी बजारको बाटो तय गर्न सक्ने बताए ।

अर्का बजार जानकार यज्ञ घिमिरेले अन्यत्र लगानी गर्ने वातावरण नभएका कारण सेयर बजारमा लगानी भित्रिने सम्भावना उच्च रहेको दाबी गरे । ‘ग्रे लिस्टको त्रास पनि हटिसकेको छ र अब बजार घट्ने सम्भावान पनि देखिदैछ,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक बढ्यो। यो समूह आज २.५० प्रतिशतले बढेर २ हजार ३८०.९४ विन्दुमा पुग्यो ।

यस्तै आज बैंकिङ समूह ०.०९ प्रतिशत,लगानी ०.९८ र उत्पादन तथा प्रशोधन ०.९७ प्रतिशतले बढ्यो ।

वित्त समूह आज सर्वाधिक अर्थात १.२१ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.०९ प्रतिशत, होटल ०.८७, हाईड्रो ०.१५, जीवन बीमा ०.९२, लघुवित्त ०.६३,म्युचुअल फण्ड ०.५७,निर्जीवन बीमा ०.७४ र व्यापार समूह ०.२६ प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्