समय : ०३:०६ pm | बुधबार , चैत्र ११ गते २०८२

आईपीओ निष्कासन गर्ने योजनामा फेदीखोला हाईड्रो पावर

अर्थ विशेष | माघ २१ गते २०८१

काठमाडौं । फेदीखोला हाईड्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको योजना बनाएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १० गते काठमाण्डौको बुद्धनगरमा रहेको डिडिआई ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीको पूँजीको संरचना परिवर्तन गर्न प्रबन्धपत्रमा संशोधन गर्ने,कम्पनीको आईपीओ सर्वसाधारणमा जारी गर्ने र बाधा अड्चन फुकाउ जस्ता विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा आयोजना निर्माणको हालसम्मको प्रगति,आयोजना निर्माणका लागि भएको सम्झौताहरुको अनुमोदन र सेयर खरिदबिक्रीका लागि विद्युत नियमन आयोगसँग स्वीकृती जस्ता सामान्य प्रस्ताहरु समेत पारित गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्