समय : ०१:३५ pm | बुधबार , चैत्र ११ गते २०८२

नेपाल लाइफको सेयरमूल्य समायोजन

अर्थ विशेष | माघ १० गते २०८१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६०.०९ रुपैयाँ कायम भएको छ । आजको कारोबारबाट यहि मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८३६.१० रुपैयाँ कायम थियो ।

कम्पनीले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल २१ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित माघ २८ गते वीरगन्जमा रहेको होटल भिष्वामा बिहान ९ बजेदेखि साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्