समय : ०१:२१ pm | सोमबार , पौष ८ गते २०८१

साना किसान विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | जेठ १७ गते २०८१

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट लिमिटेडको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक शेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको छ ।

यो शेयर खरिदका लागि साना किसान सहकारी संस्था र अन्य विद्यमान संस्थापकहरूले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । शेयरको बिक्री प्रबन्धकका रूपमा एनआईसी एशिया क्यापिटल रहेको छ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ ।

शेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असार १९ गतेभित्र आवेदन दिन सक्नेसछन् ।

लगानीकर्ताले बबरमहलमा रहेको क्यापिटललको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरू विर्तामोड, इटहरी, बर्दिवास, हेटौँडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तिरियामा आवेदन दिन सक्नेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्