समय : ०८:३९ am | बुधबार , चैत्र ११ गते २०८२

नेप्सेमा ७ वटा कम्पनीको सेयरमूल्य समायोजन

अर्थ विशेष | पौष १५ गते २०८१

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ७ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक,मितेरी डेभलपमेन्ट बैंक,चिलिमे जलविद्युत कम्पनी, छिमेक लघुवित्त,आत्मनिर्भर लघुवित्त र जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।

कृषि विकास बैंकले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ३२४.१७ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता ३३३.९० रुपैयाँ कायम थियो ।

यस्तै महालक्ष्मी विकास बैंकले घोषणा गरेको ३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ३७७.६७ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता ३८९ रुपैयाँ थियो ।

मितेरी डेभलपमेन्ट बैंकको पनि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ६३५.३९ रुपैयाँ कायम भएको छ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई ९.५०७९ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

यस्तै समायोजनपश्चात चिलिमे जलविद्युत कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१८.१८ रुपैयाँ कायम भएको छ । कम्पनीले गत आवका लागि १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

छिमेक लघुवित्तले घोषण गरेको ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८६१.२० रुपैयाँ निर्धारण भएको छ । यस्तै आत्मनिर्भर लघुवित्तले आव २०८०/८१ सम्मको मुनाफाबाट प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयरका लागि समेत सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५ हजार ७१५.५४ रुपैयाँ कायम भएको छ ।

यसैगरी जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता १ हजार ३७८ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्