समय : ०१:५० am | सोमबार , पौष ७ गते २०८१

सर्वसाधारणका लागि हिमालयन बैंकको ४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | मंसिर २६ गते २०८१

हिमालयन बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ४ लाख ८ हजार ५६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखेको थियो । तर उक्त अवधिभित्र कुनै आवेदन नपरेकाले बैंकले अन्य व्यक्ति,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको जनाएको छ ।

संस्थापक सेयर खरिद गर्न योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना जारी भएको १५ दिनभित्र काठमाण्डौको कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून तथा सेयर विभागमा आवेदन दिनु पर्नेछ ।

संस्थापक सेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्