समय : ०१:२८ pm | सोमबार , पौष ८ गते २०८१

धितोपत्र बजारमा ब्रेक, २२.४ अंकले घट्यो नेप्से

अर्थ विशेष | जेठ १३ गते २०८१

काठमाडौं । आइतबार सेयर बजारले बुल ट्रेन्डलाई ब्रेक गरेको छ । आज चार अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ४४ हजारको ४८५ कित्ता र ७० हजार ५८६ कित्ता बिक्री भएको छ ।

आज ३१५ कम्पनीको कारोबार हुँदा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २ सय १५ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।सोही दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२ दशमलव १४ अंकले घटेको छ । आज नेप्से १.०३ प्रतिशतले घटेर २१०९.३४ बिन्दुमा पुगेको छ ।
आज सेन्सेटिभ परिसूचक ३ दशमलव ४४ अंकले, फ्लोट परिसूचक १ दशमलव ५७ अंकले र सेन्सेटिभ फ्लोट परिसूचक १ दशमलव ३० अंकले घटेको छ ।

१३ समूहमध्ये २ समूहको मात्र सेयर बढेको छ । होटल तथा पर्यटन ३.३७ प्रतिशत र म्युचुअल फण्ड ०.२१ प्रतिशतले बढेको छ । समूहमा आज सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको शेयर घटेको छ । आज निर्जीवन बीमा समूह १११ दशमलव ४० अंकले घटेको छ ।

आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किटमा छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्