काठमाडौँ । एमएडब्लू हायर पर्चेज प्रालिले ग्राहकहरूको सेवामा सहजताका लागि ‘एमएचपीएल एप’ को सुरुवात गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा एमएडब्लू गुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपिलएलका महाप्रबन्धक प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’को सुरुवात गरे ।
‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकहरूका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रूपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुने कम्पनीले जनाएको हो । अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरूले भौतिक रूपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्ने कम्पनीको भनाई छ।
एमएचपीएल एपमा कर्जा विवरणहरूको जानकारी र बाँकी सावा रकम को भुक्तानी तालिका, एपभित्र सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका विद्युतीय विकल्पहरू उपलब्ध, कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसनहरु तथा झन्झटमुक्त अनुभवका लागि युजरफ्रेन्डली इन्टरफेसलगायत सुविधाहरू रहेका छन् ।