समय : ०२:३४ am | शनिबार , कार्तिक १४ गते २०८२

सञ्चार मन्त्रालयले भन्यो : हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भए   

अर्थ विशेष | भाद्र २२ गते २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुई सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण भएको र दुई सामाजिक सञ्जालले माग गरेअनुसार जानकारी उपलब्ध गराइएको बताएका हुन् ।

प्रवक्ता ठाकुरका अनुसार सामाजिक सञ्जाल एक्स र वी च्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेको र सो अनुसार मन्त्रालयले जानकारी उपलब्ध गराएको छ ।

साथै, विज्ञप्तिमार्फत प्रवक्ता ठाकुरले पहुँच निषेध गराइएका सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न असुरक्षित र जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न भनेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्