समय : ०६:२४ pm | बुधबार , श्रावण १४ गते २०८२

टेलिकमले ल्यायो मनसुन अफर

अर्थ विशेष | असार २६ गते २०८२

काठमाडौं– नेपाल टेलिकमले बिहीबारबाट लागु हुनेगरी मनसुन अफर-२०८२ अन्तर्गत विभिन्न प्याकेज तथा सुविधा उपलब्ध गराउने भएको छ ।

यस अफरअन्तर्गत विभिन्न सुविधासहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिका लागि बोनससहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमासमेत उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरू सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्