समय : ०९:३६ pm | बुधबार , श्रावण १४ गते २०८२

सबैभन्दा पातलो फोन सार्वजनिक गर्दै सामसङ

अर्थ विशेष | चैत्र २६ गते २०८१

काठमाडौं । दक्षिण कोरियाली ब्राण्ड सामसङले सबैभन्दा पातलो फोन सार्वजनिक गर्ने भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार 'सामसङ ग्यालेक्सी एस–२५ इडिजिई' (एज) फोन पातलो हुने अनुमान लगाइएको छ। यो फोन आगामी महिना सार्वजनिक हुने अनुमान छ।

फोन ५.८४ मिमी मोटाइको हुनेछ। यो फोन 'आइफोन–१७ एयर' को तुलनामा भने थोरै भारी हुन सक्नेछ। यो फोनमा क्वालकोम स्न्यापड्रागन ८ एलिट चिपसेट प्रयोग गरिएको छ। फोनमा मुख्य क्यामरा दुई सय मेगापिक्सल लेन्स र ५० मेगापिक्सलको अल्ट्रावाइड लेन्स क्यामरा हुनेछ।

त्यस्तै, सेल्फीको लागि १२ मेगापिक्सल क्यामरा हुनेछ। यो फोनको मूल्य स्टोरेजका आधारमा एक लाख ११ हजारदेखि एक लाख २९ हजार भारूभन्दा बढी पर्ने अनुमान गरिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्