समय : ११:०८ pm | बुधबार , माघ २१ गते २०८२

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

अर्थ विशेष | जेठ १० गते २०८१

बाँके– हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ ।

नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार एघार दशमलव ६ किलोमिटर चार लेन र सोह्र दशमलव दुई किलोमिटर दुई लेन गरी सत्ताइस दशमलव ६२ किलोमिटर सडक विस्तार भइरहेको छ ।उक्त सडकखण्ड २०८२ साल मङ्सिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो ।

शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा निर्माणको ठेक्का जिम्मा पाएको हो ।नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्