समय : ११:०९ pm | बुधबार , माघ २१ गते २०८२

सुनको मूल्यमा व्यापक गिरावट

अर्थ विशेष | जेठ १० गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २।१९ प्रतिशत अर्थात प्रतिऔंस ५३।५२ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३६८।४८ डलरका कारोबार भईरहेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ५।२३ प्रतिशत अर्थात १।६८ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०।३५ डलरमा झरेको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्