समय : ०४:०० pm | बुधबार , माघ २१ गते २०८२

मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय

अर्थ विशेष | जेठ ५ गते २०८१

काठमाडौं । सरकारले मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने भएको छ ।

शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् । जेठ ३ गते बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा पेश गरेको नेपाल सरकारका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने निर्णय भएको हो ।

त्यसैगरी सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्राडा लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । उनी यसअघि पनि सो पदमा थिइन् ।

मन्त्री शर्माले स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रश्ताव पनि मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ ।

मन्त्रीपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा फौजदारी कसुर कैद कट्टा तेस्रो संशोधन नियमावली, २०८१ स्वीकृत गर्ने पनि गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्