काठमाडौं । चालु आर्थिक वर्ष २०८०र०८१ को साउनदेखि बैशाखसम्म १० महिनाको अवधिमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ६ लाख ९ हजारभन्दा बढी छ।वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि बैशाखसम्ममा वैदेशिक रोजगारीका लागि जानको लागि ६ लाख ९ हजार ७ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्
देशमै रोजगारीको सम्भावना र अवसर नपाउदा युवाको रोजाइमा वैदेशिक रोजगारी परेको छ। नेपालबाट खाडी तथा मलेसियाको रोजगारीमा जाने युवाको संख्या ९० प्रतिशतभन्दा बढी रहेको छ।वैदेशिक रोजगारीमा जाने युवाले भनेअनुसारको सेवा सुविधा पाएका छैनन् ।
खाडी तथा मलेसिया जाने कामदारका लागि फ्रि भिसा तथा टिकटको नियम भएपनि कार्यान्वयन हुन सकेको छैन ।मलेसिया जाने कामदारले तीन लाख रुपैयाँसम्म तिरिरहेका छन् भने खाडी जानेले पनि साढे २ लाख भन्दा बढी रकम म्यानपावर कम्पनीलाई बुझाइरहेका छन्। त्यसमाथि पनि वैदेशिक रोजगारीमा जाने कामदारका लागि भन्दै विभिन्न नामको संस्था खडा गरेर आर्थिक भार थप्ने काम रोकिएको छैन।
पछिल्लो समय २०२४ को जनवरीबाट मात्रै साउदी अरब जाने कामदारमाथि फिंगर प्रिन्टका नाममा ७ सय २० रुपैयाँ आर्थिक भार थप्ने काम भएको छ। तर देशमा रोजगारीको अवसर नपाएर युवा विदेशी भूमिमा पसिना बगाउन बाध्य छन्