काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्ने घोषणा गरेको छ ।मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।उनका अनुसार सरकारी तथा संगठित क्षेत्रमा कार्यरत अस्थायी तथा ज्यालादारीका साथै औपचारिक क्षेत्रका श्रमिकलाई यो कार्यक्रममा समावेश गरिने भएको छ ।छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने समेत उनले बताए
सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका कार्यक्रमबीच दोहोरोपन हटाउन नीतिगत व्यवस्था गरिने समेत उनले जानकारी दिए ।
सामाजिक सुरक्षा कार्यक्रम दायरा विस्तार गरिने
