समय : ०६:१० pm | बुधबार , चैत्र २५ गते २०८२

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस

अर्थ विशेष | चैत्र २५ गते २०८२

काठमाडौं । राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।

सभाको आजको बैठकमा प्रधामन्त्री वालेन्द्र शाहको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरे ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद्को मर्यादामा हेरफेरसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही चैत २७ गते शुक्रबार अपराह्न ४ः१५ बस्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्