काठमाडौं। वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेट गरेकी छन्।
भेटमा नेपाल सरकार र विश्व बैंकबीचको दीर्घकालीन सहकार्य तथा साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
साथै, सरकारले अघि सारेको एक सय बुँदे विकास एजेन्डा कार्यान्वयनमा जोड दिँदै वन, कृषि र ग्रामीण जीविकोपार्जनलाई प्रमुख प्राथमिकताका रुपमा अघि बढाइरहेको विषयबारे छलफल भएको थियो।









