समय : ०५:५४ am | बुधबार , वैशाख १७ गते २०८२

उपेन्द्र यादवले दिए सरकारबाट राजीनामा

अर्थ विशेष | वैशाख ३१ गते २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

उनले राजीनामा पत्रमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा २ महिना अघि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । यादवसँगै जसपा नेपालको तर्फबाट वन तथा वातावरण राज्यमन्त्री बनेका दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्