समय : ०९:२५ pm | आइतबार , चैत्र २२ गते २०८२

साउथ एसिया ट्रेड फेयर २०२६ वैशाख अन्तिम साता काठमाण्डौमा हुँदै

अर्थ विशेष | चैत्र २२ गते २०८२

काठमाण्डौ । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित ''साउथ एसिया ट्रेड फेयर २०२६'' आगामी ७ देखि ११ मे २०२६ (वैशाख २४ देखि २८ २०८३) सम्म काठमाण्डौमा आयोजना हुने भएको छ । मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।
इन्ट्रोडक्शन ट्रेड शोज नेपाल प्रा.लि. द्वारा आयोजना तथा व्यवस्थापन गरिने यस मेलामा बंगलादेशको उद्योग मन्त्रालय (Ministry of Bangladesh) र Export Promotion Bureau–EPB को सहकार्यमा सञ्चालन हुन लागेको छ ।

साथै कार्यक्रममा सहयोगी संस्थाहरूका रूपमाः नेपाल चेम्बर अफ कमर्स, ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, चेम्बर अफ इण्डष्ट्रिज मोरङ रहने छन् । मेलाको अनलाइन पार्टनरका रूपमा eTicketNepal.com रहनेछ र बीटुबी पार्टनरमा विराटबजार रहेको छ।

मेलामा भारत, बंगलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्स लगायतका देशहरूको सहभागिता रहने छ । आयोजकका अनुसार मेलाको मुख्य उद्देश्य उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेता बीच सहकार्य विस्तार गर्नु हो । साथै, विभिन्न देशबीच व्यापारीक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य पनि राखिएको छ ।

आयोजकले करिब १५० भन्दा बढी प्रदर्शकहरू सहभागी हुने र झण्डै एक लाख स्थानीय अवलोकनकर्ता तथा पाँच हजार अन्तराष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको उपस्थितिको अपेक्षा गरिएको मेला संयोजक सुमन महर्जनले बताउनुभयो ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिबृद्धि गर्ने उद्देश्य सहित प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारीक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उद्देश्य राखेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्