काठमाडौँ।अमेरिकी सरकारका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विशेष दूत सर्जियो गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चुनावी जितको लागि बधाई दिएका छन्।गोरले मंगलबार फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएको अमेरिकाको नेपालस्थित दूतावासले जानकारी दिएको छ।
दूतावासले भनेको छ, ‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक छ।’
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २७५ सिटमध्ये रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको थियो।









