समय : ११:४१ am | सोमबार , चैत्र २ गते २०८२

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

अर्थ विशेष | चैत्र २ गते २०८२

चितवन। चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको भूमिको वर्गीकरण गरेको छ। स्थानीय भू–उपयोग परिषद् माडी नगरपालिकाले यहाँको भूमिलाई सात भागमा वर्गीकरण गरेको हो।

नगरपालिकाले भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमिनको वर्गीकरण गरेको हो। माडी नगरपालिकाभित्र कुल २१ हजार ८२४ दशमलव ४४ हेक्टर क्षेत्रफलमध्ये सबैभन्दा धेरै क्षेत्र जंगलले ओगटेको छ। कुल क्षेत्रफलमध्ये १२ हजार ९७५ दशमलव ७५ हेक्टर क्षेत्र जंगल रहेको छ।

यस्तै ६ हजार ५३५ दशमलव ०७ हेक्टर भूमि कृषि योग्य रहेको छ। सार्वजनिक भूमि ३१५ दशमलव ५२ हेक्टर, आवासीय जमिन १ हजार ९१८ दशमलव ८७ हेक्टर, व्यावसायिक जमिन ५९ दशमलव ९३ हेक्टर, औद्योगिक क्षेत्र १० दशमलव ०२ हेक्टर र सांस्कृतिक भूमि ९ दशमलव ३१ हेक्टर रहेको छ।
'
भूमि वर्गीकरणको काम सम्पन्न भएपछि सबै विवरण वडा कार्यालयहरूमा पठाइएको छ। पालिकाले गरेको भूमि वर्गीकरणबारे चित्त नबुझे आगामी चैत १ गतेसम्म भू–उपयोग कार्यान्वयन निर्देशिका २०८१ को दफा २८ उपदफा २ बमोजिम निवेदन पेश गर्न सूचना जारी गरिएको छ।

जग्गाधनीले भूमि वर्गीकरणमा चित्त नबुझाएर निवेदन दिएमा त्यस्ता निवेदनमाथि अध्ययन गरी पुनर्विचार गरिने व्यवस्था गरिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्