काठमाडौं। पोखरा महानगरले महानगरभित्रका किसानलाई ६ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ।
महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।
उनका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ एक हजार १०० किलो, अरुण २ जातको बीउ तीन हजार १०० किलो र मनकामना ३ जातको बीउ दुई हजार १० किलो वितरण गरिएको छ। प्रतिकिलो ११० पर्ने मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो।
अनुदानमा बीउ वितरणका लागि महानगरले सार्वजनिक सूचना जारी गरेकामा निवेदन दिएका ५०० भन्दा बढी किसानलाई बीउ उपलब्ध गराइएको उनले जानकारी दिनए। उनले महानगर क्षेत्रमा करिब ६ हजार हेक्टरमा मकैखेती हुने गरेको बताए।









