समय : ०९:११ am | मङ्गलबार , फागुन २६ गते २०८२

निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु

अर्थ विशेष | फागुन २६ गते २०८२

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुगमन पुनः सुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकै पटक १७ वटा फर्ममा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा कैफियत देखिएपछि सुजल टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्