समय : १०:२१ am | बुधबार , चैत्र ११ गते २०८२

प्रतिनिधिसभा सदस्य निर्वाचन : म्याग्दीमा समानुपातिक मतमा रास्वपाको अग्रस्थान

अर्थ विशेष | फागुन २४ गते २०८२

म्याग्दी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत यहाँ समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका थिए । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले धेरै मत पाएको छ ।

रास्वपाले १९ हजार ९८७, नेकपा ९एमाले०ले नौ हजार ४५७, नेपाली कांग्रेसले सात हजार ५९४ र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले चार हजार १६२ मत प्राप्त गरेका छन् ।

श्रम संस्कृति पार्टीले एक हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आठ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले सात सय ६२ र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०ले एक सय ७७ मत पाएका छन् । जिल्लामा समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेको थियो । एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मतगणना भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्