समय : ०७:१७ pm | बिहिबार , फागुन २१ गते २०८२

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

अर्थ विशेष | फागुन २१ गते २०८२

काठमाडौं। प्रतिनिधिसभाको बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए ।

खसेको मतको यकीन हुन केही समय लाग्ने उनको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्