समय : ०३:५७ am | बिहिबार , फागुन ६ गते २०८२

बढ्यो अण्डाको मूल्य

अर्थ विशेष | फागुन ६ गते २०८२

काठमाण्डौ । नेपाललेयर्स कुखुरा पालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । काठमाण्डौमा भौतिक तथा भर्चुअल बैठकमार्फत अण्डा उत्पादक किसानहरूको सिफारिस अनुसार नयाँ अण्डा समर्थन मूल्य घोषणा गरिएको संघले जनाएको छ। संघको फागुन ०५ गतेको बैठकको निर्णय अनुसार, फागुन ०६ गतेदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो । एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४४५ रुपैयाँ, ठुलो अण्डाको ४२५ र मिडियम अण्डाको ३७५ रुपैयाँ निर्धारण गरिएको छ ।

संघका सचिब मदन पोखरेलका अनुसार, चितवनबाट लोड भई देशभरका अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी रु १३० थप लाग्नेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्