समय : ०४:५० am | शनिबार , फागुन १ गते २०८२

विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु : सभापति थापा

अर्थ विशेष | फागुन १ गते २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को विकास विज्ञहरूको सुझावका आधारमा अगाडि बढाइने बताएका छन् ।

घरदैलो अभियानअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग भेटघाट गर्दै उनले स्थानीय आवश्यकतालाई सम्बोधन गर्न योजनाबद्ध रूपमा काम गर्ने उल्लेख गरे । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएपछि गत मङ्गलबार दोस्रोपटक क्षेत्रमा पुगेका थापा अहिले विभिन्न स्थानमा भेटघाटमा व्यस्त छन् ।

बरहथवा नगरपालिका र बसबरिया गाउँपालिकाअन्तर्गत पर्ने वडामा आयोजित कार्यक्रममा उनले क्षेत्रलाई भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यका सूचकमा पनि उत्कृष्ट बनाउने लक्ष्य रहेको बताए। 'आगामी पाँच वर्षभित्रमा मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये सर्लाही ४ लाई भौतिक विकासमा मात्र नभइ शिक्षा, स्वास्थ्यका हिसाबले पनि उत्कृष्ट बनाउन लाग्ने छु । आगामी पाँच वर्षमा यहाँ गर्नुपर्ने विकासका कामबारे विज्ञहरूले दिने सुझाव र योजनामा मैले काम गर्छु, योजनाबद्ध रूपमा काम गर्छु', सभापति थापाले भने ।

उनले पार्टीसँग देश सञ्चालन गर्ने उत्साह र अनुभव दुवै रहेको दाबी गर्दै नेतृत्वको जिम्मेवारी दिन मतदातासँग आग्रह गरे। 'देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ । प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ', सभापति थापाले भने ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्