समय : ०७:३९ pm | बिहिबार , माघ २९ गते २०८२

क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

अर्थ विशेष | माघ २९ गते २०८२

वासिङ्टन । अमेरिकी संसद (हाउस अफ रिप्रेजेन्टेटिभ्स) ले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडाली सामानमा लगाइएको कर खारेज गर्ने पक्षमा मतदान गरेको छ ।

डेमोक्र्याटले प्रस्ताव गरेको मतदानमा छ जना रिपब्लिकनसहित २१९ जना प्रतिनिधिबाट स्वीकृति प्राप्त भएको छ भने विपक्षमा २११ जना रहेका छन् । प्रस्ताव क्यानडाली सामानमा दण्डात्मक व्यापार उपाय राख्न ट्रम्पको प्रयासको विरुद्धमा भएको जनाइएको छ ।

संसदमा डेमोक्र्याट २१४ सिटमा छन् भने रिपब्लिकनको २१८ सीट रहेको छ । पछिल्लो समयमा सिनेटमा प्रस्ताव पारित हुने सम्भावना बढ्दै गएको छ, जसले पहिले दुई पटक मतदान गरी ट्रम्पलाई क्यानडामा कर लगाउनबाट रोकेको जनाइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्